Book review by Prava Baral, Global Literature in Libraries Initiative (GLLI)
A few days ago, I received a diasporic publication ‘The Rose: An Unusual Love Story‘. Dr. Sangita Swechcha is the author of this story collection. I had been reading her stories since the mid-90s in Madhuparka (a Nepali literary magazine). Her publications were rare after that; as a result, I also started forgetting her.
When I received ‘The Rose: An Unusual Love Story‘ – published as Sangita’s third literary child -I read it passionately. It was not difficult to understand that her writing career was on hold when she went to the UK for further studies. Continue reading...
- खुशी लिम्बू , नेपाल ब्रिटेन डटकम
धेरै लामो समयपछि एउटा आख्यान पढ्ने समय मिलाएँ । नेपाली साहित्यको निलो आकाशमा कथासंग्रह ‘गुलाफसंगको प्रेम’ ले कावा हालेको झण्डै एक बर्ष भइसकेछ । जीवनका थुप्रै प्राथमिकताहरुबीच समय जुराएर यसभित्रका कथाहरु केही समयपहिल्यै पढिसकेको हुँ । तर समयाभावको माथापच्चिसीमा पिसिंदै भएपनि आज आएर एउटा समिक्षा लेख्ने जमर्को गरें । डायस्पोरा नेपाली साहित्यमा संगीता स्वेच्छाको ‘गुलाफसंगको प्रेम’ नयाँ रंग लिएर आएको एउटा सौगात हो । नेपाली साहित्य भण्डारमा कथा विधा आजकल तुलनात्मक रुपमा कम देखिरहेको कुरा साहित्यानुरागीहरुमाझ भइरहँदा लण्डन निवासी साहित्यकार डा. संगीता श्रेष्ठको ‘गुलाफसंगको प्रेम’ ले त्यो खाली ठाउँ भर्ने सार्थक प्रयास गरेको छ । Continue reading...
- प्रभा बराल, अनलाइन खबर
केही दिन अगाडि मेरो हातमा डायोस्पोरिक कृति ‘गुलाफसँगको प्रेम’ कथा सङ्ग्रह आइपुग्यो । डा. संगीता स्वेच्छा यस कथासङ्ग्रहकी लेखक हुन् । उनका कथाहरु मैले पचासको दशकदेखि नै मधुपर्कमा पढ्दै आइरहेकी थिएँ । बीचमा कथा प्रकाशनका क्रमहरु पातलिए र मैले पनि उनलाई बिर्संदै गएँ ।
जब संगीताको तेस्रो सन्तानका रुपमा प्रकाशित कथासङ्ग्रह ‘गुलाफसँगको प्रेम’ मेरो हातमा पर्यो, मैले यसलाई अत्यन्तै रुचिपूर्वक पढी सिध्याएँ । उनी बेलायत पढ्न गएका कारण उनको साहित्यिक पाटोले बीचमा विश्राम पाएको कुरा बुझ्न बेर लागेन । Continue reading...
- सुवाससिंह पराजुली, SouryaOnline
संगीताका उत्कृष्ट कथामा गुलाफसँगको प्रेम, अव्यक्त इच्छा, बढ्दो सभ्यता, लरेनका ड्याडीहरू, विक्षिप्त मनको डायरी आदि संग्रहका उत्कृष्ट रचनामा पर्दछन् । तिनी सबैमा हाम्रो सामाजिक मनोदशाको चित्रण जस्ताको तस्तै गरिएको छ । पढ्दै जाँदा लाग्छ यो हामीहरूको कथा हो, हामीले देखेको कथा हो, भोगेको कथा हो । नेपाली समाज र पश्चिमी समाजको कायाकल्प फरक भए पनि आधारभूत समस्या एउटै हो । उक्त विषयलाई संबोधन गर्न सफल कथाकार संगीताको कलमको वेग तीव्ररूपमा बढिरहेको छ । कथामा बुट्टा भर्ने कला संगीतासँग भएको उदाहरण गुलाफसँगको प्रेमभन्दा पूर्वप्रकाशित कृतिहरूले दर्शाइसकेका छन् । Continue reading....
- अरुण नदी खत्री, शब्दांकुर
"यिनको कलम तिखो छ । समाजका विकृति र विसङ्गतिप्रति प्रहार गर्न सक्षम छन् यिनका कथा । अधिकांश कथामा चरित्रचित्रणमा जोड दिइएको छ । शैली सरल र बोधगम्य छ । कथामा कौतूहलको प्रयोग सचेततापूर्वक गरिएको छ । समाजका विभिन्न वर्ग, क्षेत्र, घटना, चरित्र आदिको समुचित संयोजनबाट कथासिर्जना गरिएको छ । प्रेम, समर्पण, मित्रता, धोका, सङ्घर्ष, सफलता, विफलताजस्ता वैयक्तिक जीवन भोगाइलगायतका विषयवस्तुमाथि केन्द्रितझैँ प्रतीत हुने कथामा मूलतः नारी मनका खुसी र पीडालाई मिहिन रुपले केलाइनुका साथै पुरूष अहङ्कारको विकार र सङ्कीर्ण मनोवृत्तिको चित्तबुझ्दो चिरफार गरिएको छ । कथासङ्ग्रह पढ्नयोग्य छ ।"